aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

कुनै सीप छैन ? विदेश जान पाइदैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
Global IME
ime Limited
कुनै सीप छैन ? विदेश जान पाइदैन
DHI
nmb

काठमाडौं । सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ । सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ । 

राम्रो काम र आकर्षक आम्दानीका लागि विदेश जानेहरु दक्ष हुनु आवश्यक भए पनि एक महिनाको छोटो तालिमले तात्विक फरक पार्ने सम्भावना भने देखिँदैन् । बरु तामिलको बहानामा कामदारको वैदेशिक रोजगारी लागत कम्तीमा ३० हजार रुपैयाँले बढ्ने देखिएको छ । 

सरकारले चार वर्षदेखि गरेको निःशुल्क भिसा र टिकटको निर्णयमा विवाद भइरहँदा कामदारलई थप आर्थिक भार पार्ने सीप सिकाउने कार्यक्रम सुरु गर्न लागेपछि उक्त कार्यक्रम समेत विवादमा तानिने सम्भावना देखिएको सम्बद्ध व्यक्ति बताउँछन् ।

सीप नसिकी विदेश जाँदा आर्थिक र शारीरिक शोषणमा पर्ने गरेको भन्दै असार १५ देखि सीप सिकेकालाई मात्र श्रम स्वीकृति दिने निर्णय गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस