शीर्षकहरू

ओली र प्रचण्डको भाग्य फैसला गर्न कांग्रेस र जसपाको बैठक शुरु

ओली र प्रचण्डको भाग्य फैसला गर्न कांग्रेस र जसपाको बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको औपचारिक समर्थन वा विरोध के गर्ने भन्ने धारणा बनाउन प्रमुख राजनितिक दलहरु सक्रिय बनेका छन् । 

यसै क्रमममा अहिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र संसदको तेस्रो ठुलो दल जनता समाजवादी पार्टीको केन्द्रिय समितिको बैठक बसिरहेको छ । सोमबार कांग्रेस केन्द्रिय कार्यालयमा बसेको प्रमुख तीन दलको बैठकमा नेकपाका अध्यक्ष प्रचण्डका तर्फबाट अगाडि सारिएका प्रस्तावहरुमा समेत ती बैठकमा छलफल हुने बताइएको छ । 

सोमबारको बैठकमा प्रचण्डले चुनाव हुने भए त्यसमा कार्यगत एकता गर्न र संसद विघटन बदर भए नयाँ सरकारमा सहकार्य गर्न कांग्रेस र जसपासमक्ष प्रस्ताव राखेका थिए । 

उनको यस्तो प्रस्ताव सुनेपछि पार्टीको आधिकारिक धारणा मंगलबार नै केन्द्रिय कमिटिको बैठक बस्ने र त्यसपछि थप निर्णय गर्ने भन्दै बैठक सकिएको थियो । 

यी दुई पार्टीको बैठकले चुनावलाई उपयोग गर्ने रणनिति तयार गरे भने त्यो प्रचण्ड र माधव नेपाल गुटका लागि अप्रिय निर्णय बन्न सक्छ । किनकी त्यसपछि सर्वोच्च अदालतलाई समेत संसद  विघटनको निर्णय बदर गर्न जति दवाव पर्नु पथ्र्यो त्यो कम हुने निश्चित छ । 

यदि जसपा र कांग्रेसले ओलीको निर्णयलाई प्रतिवाद गर्ने र सशक्तरुपमा प्रतिरोधमा उत्रिने निर्णय गरेर प्रचण्ड नेपाल गुटका लागि थप बल पुग्ने देखिन्छ ।