शीर्षकहरू

मास्क नलगाई युवतीसँग सेल्फि खिच्ने राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

मास्क नलगाई युवतीसँग सेल्फि खिच्ने राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

एजेन्सी । कोरोना भाइरसको संक्रम्ण रोकथामका लागि लगाइएको प्रतिबन्ध उल्लङघन गरेकोमा चिल्लीका राष्ट्रपतिले ठुलो रकम जरिवाना तिर्नु परेको छ । बीबीसीका अनुसार राष्ट्रपति सेवास्टीयन पीन्यराले ३५ सय डलर अर्थात नेपाली रुपैयाँ ४ लाख १० हजार जरिवाना तिरेका हुन् । 

करिब तीन हप्ता अघि एक महिलाका साथ पीन्याराले खिचेको सेल्फि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सो तस्बिरमा उनले मास्क नलगाएको देखिएको थियो । उनीसाग सेल्फि लिने महिलाले समेत मास्क नलगाएका कारण उनको सो कार्यप्रति गम्भिर र कडा टिप्पणीहरु गरिएको थियो । 

समुन्द्रतटमा भेटिएकी ती महिलाको सेल्फि खिच्ने आग्रह नकार्न नसक्नु र मास्क नलगाई  सेल्फि खिच्नुमा आफूबाट गभ्रि भूल भएको भन्दै उनले माफी समेत मागेका थिए । तर, पनि उनलाई सो कार्यका लागि दण्डित भने गर्रिको छ । किनकी त्यहाँ सार्वजनिक ठाउँमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई जरिवाना सहित जेल सजाय पनि हुने चिलीमा कानुनी व्यवस्था छ ।