शीर्षकहरू

प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन् । 

उनिहरुले दशैँ भत्तावापत पाउने ५२ हजार २०० रुपैयाँका दरले दुई जनाको एकमुष्ट एक लाख चार हजार ४०० रुपैयाँ हस्तान्तरण गरेका हुन् । 

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसकेका छन् ।