शीर्षकहरू

चीनलाई अब जापानले पनि दियो झट्का, कारखाना चीनबाट हटाउँदै

चीनलाई अब जापानले पनि दियो झट्का, कारखाना चीनबाट हटाउँदै

एजेन्सी । जापानले चीनलाई झटेका दिन योजना ल्याउदै छ । जापानले आफ्नो कारखानालाई चीनबाट एसियान मुलुकमा सार्ने कम्पनीहरूलाई अनुदानको रूपमा प्रोत्साहन घोषणा गरेको छ । 

जापानी पोर्टल निक्केई एशियन रिभ्यू अखबारका अनुसार जापानले आफ्नो अनुदान कार्यक्रमलाई विस्तार गरेको जनाएको छ । यसको लक्ष्य भनेको कुनै खास क्षेत्रमा आफ्नो निर्भरता कम गर्नु र आपतकालमा चिकित्सा सम्बन्धी सामाग्रीको आपूर्ति र इलेक्ट्रोनिक उपकरणहरूको दिगो आपूर्ति प्रदान गर्न सक्ने प्रणाली विकास गर्नु हो ।

यसभन्दा अघि जुलाई महिनामा जापानले चीनमा व्यापार गरिरहेका ५७ जापानी कम्पनीहरूलाई फिर्ता लैजाने निर्णय गरेको थियो । भारत र जापान मात्र होइन अमेरिका, ताइवान जस्ता देशहरूले पनि चीनबाट आफ्ना कम्पनीहरूलाई फिर्ता लिने नीतिमा काम गरिरहेका छन ।

भारतले चिनियाँ कम्पनीहरूको व्यवसाय रोक्न भारतीय कम्पनीहरूलाई आत्मनिर्भर बनाउन निरन्तर कदम चालेको छ । चीनबाट आउने थुप्रै किसिमका सामानहरूमा एन्टीडम्पिंग शुल्क लगाइएको छ ।  चीन लगायत भारतको सिमानामा पर्ने देशहरूबाट आएका लगानीका नियमहरू कडा पारिएको छ । 

जापानका अनुसार उसले जापानी कम्पनीहरूलाई चीनको सट्टा एसियन देशहरुमा उत्पादन गर्नेलाई जापानले अनुदान दिने बताएको छ । जापानले भारत र बंगलादेशलाई पनि यस सूचीमा समावेश गरेको छ ।

जापान सरकारले २०२० को पूरक बजेटमा २३.५ अर्ब येन विनियोजन गरेको छ ।  जसलाई कम्पनीहरूले एसियान क्षेत्रमा उत्पादन कारखाना स्थापना गर्न वा विस्तार गर्न प्रोत्साहित गर्न अनुदानको रूपमा रकम दिन्छ । जापानले चीनसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै चीनमा आफ्नो निर्भरता कम गर्न यो कदम चालेको छ ।