शीर्षकहरू

७१.६ प्रतिशत उद्योग व्यवसायले ब्याज छुटको सुविधा पाएनन्

७१.६ प्रतिशत उद्योग व्यवसायले ब्याज छुटको सुविधा पाएनन्


काठमाडौं । कोभिड महामारीको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउका कारण असर परेका उद्योग÷व्यवसायमध्ये १७.३ प्रतिशतलेमात्र ब्याज छुट प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत चैत महिनामा दिएको ब्याजमा १० प्रतिशत र छुट र वैशाख, जेठ र असारसम्म २ प्रतिशत ब्याज छुट दिन निर्देश गरिएको छ । ७१.३ प्रतिशत उद्योग व्यवसायले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ब्याज छुट प्राप्त गरेका छैनन् । 

साना तथा मझौला उद्योग÷व्यवसायले सबैभन्दा बढी ब्याज छुटको सुविधा प्राप्त गरेका छन् । औद्योगिक वर्गीकरणअनुसार कृषि, वन तथा मत्स्यपालन क्षेत्रका ३५.१४ प्रतिशत ब्याजमा सहुलियत प्राप्त गरेका छन् । विद्युत, ग्याँस तथा पानी र निर्माण सम्बन्धि २५/२५ प्रतिशत उद्योग/व्यवसायले ब्याज छुट पाएका छन् ।