शीर्षकहरू

ब्युटीपार्लर व्यवसाय धरासायी बन्यो : करुणा पुरी

ब्युटीपार्लर व्यवसाय धरासायी बन्यो : करुणा पुरी

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड(१९ कोरोना भाइरसले गर्दा मानबजिबननै भयवित बनेको छ । कोभिड-१९ को असरले गर्दा संसारको अर्थतन्त्र धरासायी बनेको अबस्थामा नेपाल जस्तो गरिब मुलुकले त्यसको असर प्रत्यक्ष भोग्नु परेको छ । 

लामो समयको लकडाउनले गर्दा साना ठुला सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थितिमा आएका छन् । नेपाली महिलाहरुले स्वरोजगारको रुपमा अपनाएको सौन्दर्य पेशा समेत अहिले संकटमा परेको छ । 

साना तथा मझौला व्यापार व्यापार तथा उधोगहरु ताला लगाउने अबस्थामा आईसकेको हुनाले समस्यामा परेका उधोग धन्दा पुनः संचालनको लागि सरकारी तबरबाट सहयोग हुनु पर्ने र त्यसलाई सहजीकरण गर्दै  साना, घरेलु र  लघु खालका उद्योग  र उद्योगीले आर्थिक भार व्यहोर्नु पर्ने भएकोले नेपाल सरकार मार्फत बैंकको ब्याज मिनाहा गर्नु पर्ने तथा सहज कर्जा उपलब्ध गराएर उधोगलाई पुनः संचालन गर्न सहयोग गर्नु पर्नेमा सौन्दर्यकर्मी करुणा पुरीको माग रहेको छ ।

 

हजारौं महिलाहरुको रोजगारी तथा रोजी रोटिसंग जोडिएको सौन्दर्य पेशा अर्थात ब्युटी पार्लर अहिलेसम्म बन्द अबस्थामा रहेका छन । सरकारले अन्य व्यवसायहरु खोल्नलाई अनुमति दिए पनि पार्लर लगायतका अन्य केहि व्यवसायमाथि बन्देज लगाउदै आएको छ । 

यस्तो विषम परिस्थितिमा सौन्दर्य पेशामा आबद्ध सम्पूर्ण दिदीबहिनीहरु एकजुट भएर आवाज उठाउनु पर्नेमा सौन्दर्यकर्मी करुणा पुरी जोड बताउछिन । सहज रुपमा सौन्दर्य पेशालार्इ संचालन गर्न तथा आर्थिक घाटालाइ सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउदैं महिलाहरुले अपनाएको पेशा तथा रोजागरलाई सुनिस्चित गराउन सम्बन्धित निकायले आबश्यक पहल गरिदिनहुन समेत उनीले  आग्रह  गरिन ।

बिगत एक दशकदेखि करुणाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर सितापाइला काठमाडौँमा संचालन गर्दै आएकी सौन्दर्यकर्मी करुणा पुरीले हजारौ दक्ष जनशक्ति उत्पादन गरेर महिला दिदीबहिनीहरुलाई आत्मा निर्भर बनाउदै आएकी छिन । उनले आफ्नो पार्लरमा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा सुबिधा प्रदान गर्दै सौन्दर्य तालिम संचालन गर्दै आएकी थिइन् ।  लकडाउनले गर्दा थला परेको सौन्दर्य पेशालाई कसरी पहिलेकोनै अबस्थामा ल्याउन सकिन्छ भन्ने कुरामा समेत  चिन्तित रहेकी छिन । 

सामाजिक दुरी कायम राख्दै तथा स्वास्थ्य सुरक्षाका विधिहरु अपनाएर ब्युटी पार्लरहरु खोल्न दिनु पर्ने र आर्थिक संकट बाट गुज्रिरहेका ब्युटिसियनहरुलाई राहत प्रदान गर्नु पर्ने सौन्दर्यकर्मी करुणा पुरी बताउछिन ।