शीर्षकहरू

काठमाडौंका यी ठाउँमा आज बत्ती जाने

काठमाडौंका यी ठाउँमा आज बत्ती जाने

काठमाडौं । काठमाडौंका केही ठाउँमा आज केही घण्टा बत्ती जाने भएको छ । महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकोले बत्ती जाने भएको हो ।

दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जस अनुसार घुम्ती, धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हो ।

तोकिएको समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएको छ ।