शीर्षकहरू

सरकारकाे नीति तथा कार्यक्रम २०७६/७७ काे (पूर्णपाठसहित)

सरकारकाे नीति तथा कार्यक्रम २०७६/७७ काे (पूर्णपाठसहित)

काठमाडाैं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारले आगामी वर्ष दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर हात पार्ने लक्ष्य लिएको छ ।

संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत् सरकारले २०७५/०७६ मा १० प्रतिशत नजिकको वृद्धिदर हात पार्ने लक्ष्य लिएको छ ।

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर बनाउने घोषणा गरेको छ। संसदमा राष्ट्रपतिले वाचन गरेकी आगामी वर्षको नीति तथा कार्यक्रममार्फत् अबको पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर बनाउने र सबैमा समान वितरणको नीति अख्तियार गर्ने उल्लेख गरिएको छ ।

सरकारले आगामी पाँच वर्षभित्र नेपालका सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने नीति लिएको छ। नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहका केन्द्रमा कालोपत्रे सडक पुग्ने बताएको छ ।

सरकारले आगामी वर्ष सबै नेपालीको बैंक खाता खोल्ने भएको छ। सम्पूर्ण प्रकारको सरकारी भुक्तानी बैंक तथा सहकारीबाट गर्ने र त्यसका लागि सबै नेपालीको बैंक खाता हुने अभियान चलाइने राष्ट्रपतिले बताइन् ।