शीर्षकहरू

अपि पावले कमायो ९२ प्रतिशतले वृद्धि गरी ७ करोडमाथि

अपि पावले कमायो ९२ प्रतिशतले वृद्धि गरी ७ करोडमाथि

अपि पावर कम्पनी लिमिटेड (Api Power Co. Ltd.) ले तेस्रोे त्रैमासमा खुद मुनाफा ७ करोड ३१ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ९१ दशमलव ८३ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा ३ करोड ८१ लाख रुपैयाँ कमाएको थियो ।

 
१ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ७ करोड ६६ लाख रुपैयाँ राखेको छ । कम्पनीको बिक्रि ४० दशमलव ३६ प्रतिशतले बढेर १५ करोड ३४ लाख रुपैयाँ रहेको छ । 

अपिको जम्मा आम्दानी ३९ दशमलव ६३ प्रतिशतले बढेर १५ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने संचालन खर्च पनि ४० प्रतिशतले बढेर १ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

अपि पावर कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ८ दशमलव १९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ४८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ६ दशमलव ४४ रुपैयाँ रहेको छ ।