शीर्षकहरू

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको नाफामा ३३ प्रतिशतले वृद्धि

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको नाफामा ३३ प्रतिशतले वृद्धि

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (Hydroelectricity Investment & Development Co. Ltd. ) ले तेस्रो त्रैमासमा खुद मुनाफा ३३ दशमलव ७४ प्रतिशतले वृद्धि गरी ८३ करोड ६६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ६२ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

 
११ अर्ब चुक्ता पूँजी भएको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टले जगेडाकोषमा १ अर्ब ११ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको सम्पत्ति ६३ प्रतिशतले वृद्धि गरी १८ अर्ब ४२ करोड ९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १० दशमलव १४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३ दशमलव ७१ गुणा र प्रति शेयर नेटवर्थ १ सय ३९ रुपैयाँ रहेको छ ।