शीर्षकहरू

राद्यी विद्युत कम्पनीको नाफा ११ प्रतिशतले वृद्धि गर्दै कमायो ४ करोड

राद्यी विद्युत कम्पनीको नाफा ११ प्रतिशतले वृद्धि गर्दै कमायो ४ करोड

राद्यी विद्युत कम्पनी लिमिटेड (Radhi Bidyut Co. Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ११ दशमलव ४९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।

४५ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको राद्यी विद्युतको अन्य इक्विटी १४ करोड ९५ लाख रुपैयाँ छुटाएको छ । 

कम्पनी बिक्री ५ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ११ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । जसको ग्रस नाफा १० करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । खुद संचालन मुनाफा ११ दशमलव ७६ प्रतिशतले बढेर ७ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ ।

राद्यी विद्युत कम्पनीको प्रतिशेयर आम्दानी १३ दशमलव ९६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २ सय १३ दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानी अनुपात १ दशमलव १० गुण रहेको छ ।