शीर्षकहरू

मकाउमा पनि भ्रमण वर्ष २०२० शुरु

मकाउमा पनि भ्रमण वर्ष २०२० शुरु

काठमाडौं । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आगामी जनावरी १२ अर्थात पुस २७ गते आइतबार मकाउमा प्रचार प्रसार हुने भएको छ । 

मकाउको मुख्य केन्द्र सानमालोबाट मकाउनका विभिन्न पर्यटकीय स्थानहरुमा पैदल यात्रा गरी भ्रमण वर्षको प्रचार प्रसार गरिने गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । कार्यक्रमको आवश्यक तयारी पूरा भइसकेको भन्दै अध्यक्ष गुरुङले मकाउमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई पैदल यात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् । 

महावाणिज्य दूताबास हङकङ÷मकाउको आयोजना तथा गैर आवासीय नेपाली संघलगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा भ्रमण वर्षको कार्यक्रम आयोजना हुन लागेको गुरुङले बताए । नेपाली मौलिक नौमति बाजा, लाखे नाच। सेरगा र किँरात साकेला नाच कार्यक्रमका मुख्य आकर्षण भएको उनले बताए । 

त्यसैगरी कार्यक्रममा नेपालका मौलिक परम्परा तथा पर्ययटकीय स्थानहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपालका तर्फबाट वान डे थ्री डी आर्ट एण्ड डेकोर प्रालिले क्यानाभास पेन्टिङको प्रदर्शन गर्ने भएको छ । उक्त कार्यका लागि काठमाडौंको लालितपुरमा रहेको वान डेसँग सम्झौता भइसकेको पनि गुरुङले जानकारी दिए ।