शीर्षकहरू

भ्रमण वर्ष सफल बनाउन कार्याशाला, १६ वटा पेपर प्रस्तुत हुने

भ्रमण वर्ष सफल बनाउन कार्याशाला, १६ वटा पेपर प्रस्तुत हुने

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला शुरु भएको छ । बेल्ट एण्ड रोड इन्टरनेश्नल ट्रान्सपोर्ट एलाइन्स र नासा फाउन्डेसनको सयुंक्त आयोजना शुक्रबारदेखि काठमाडौंमा कार्यशाला शुरु भएको हो ।

उक्त कार्यशालाले नेपाल भ्रमण वर्षलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषय र नेपालको यातायात क्षेत्रलाई सुरक्षित बनाउनका लागि कार्यशाामा प्रस्तुति रहने कार्यक्रम संयोजक आशिष गजुरेलले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बीआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटी जस्ता विषयका विज्ञहरुको १६ वटा पेपर प्रस्तुत गरिने बताइएको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सफल पार्न सहयोग गर्ने उद्देश्यले कार्यशाला शुरू गरिएको आयोजकले बताइएको छ ।  चीनको राजधानी बेइजिङ्गमा हेडक्वार्टर रहेको बीआरआई ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा)ले नेपालको नासा फाउन्डेसनसँगको सहकार्य गरेको हो । कार्यशाला  शनिबारसम्म चल्ने छ ।