शीर्षकहरू

बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने

बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने भएको छ । बीमा समितिले एक सूचना जारी गर्दै  बीमा शाखारहति घुम्ती बीमा सेवा सम्बन्धी नीतिगत मार्गदर्शन, २०७६ जारी गर्दै बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो ।

आम सर्वसधारणबीच सहज ढंगले न्युनतम लागतमा घरदैलाेमा नै विभिन्न माध्यमबाट बीमा सुविधा पुर्याउन वाञ्छनीय भएकाेले बीमा एेन, २०४९ काे दफा ८(घ२)ले दिएकाे अधिकार प्रयाेग गरि उक्त सूचना जारी गरेकाे बीमा समितिले जनाएकाे छ ।

नयाँ व्यवस्था अनुसार बीमकले महानगरपालिका वा उपमहानगरपालिकाभित्र रहेका सीमावर्ती वडाहरुमा भने घुम्ती बीमा गराउन छैनन् । बीमकलाई ग्रामिण क्षेत्रमा बीमाको पहुँच बृद्धि गर्ने कार्यमा प्रत्यक्ष सहभागिता जनाउन गाउँपालिकामा मात्रै घुम्ती सेवा सञ्चालन गर्न पाउनेछन् । यद्यपि जीवन बीमा कम्पनीको हकमा बीमकले महानगरपालिका वा उपमहानगरपालिकाभित्र रहका सीमावर्ती वडाहरुमा भने घुम्ती बीमा सेवा उपलब्ध गराउन पाउने छन् ।

निर्जिवन बीमा कम्पनीको हकमा भने कृषि तथा पशुपन्छी बीमा जारी गर्ने प्रयोजनका लािगि तोकिएका जिल्लाहरुमा सम्बन्धित बीमकले अनिवार्य रुपमा घुम्ती बीमा सेवा उपल्ध गराउन पाउने छन् । साथै घुम्ती बीमा गर्दा सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमा, घरबीमा जस्ता बीमादलेखलाई प्राथमिकतामा राख्नुपर्ने मार्गदशनमा उल्लेख गरिएको छ ।

बीमकले आवश्यकता अनुसार घुम्ती बीमा सेवा सम्बन्धी कार्यविधि आफैले तयार गरी सोही कार्यविधिको आधारमा घुम्ती सेवा सञ्चालन गुर्नपर्ने नयाँ व्यवथा गरिएको छ । साथै घुम्ती बीमा सेवा मार्फत बिक्रि गरेको बीमा पोलिसीको त्रैमासिक विवरण समितिमा उपल्ब्ध गराउनुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ ।

नयाँ व्यवस्था अनुसार एकभन्दा बढी बीमक कम्पनीहरु आपसमा समन्वय गरी घुम्ती बीमा संचालन गर्न पाउनेछन् । घुम्ती बीमा सेवा संचालन गर्ने सम्बन्धमा (२) उपदफा (१) बमोजिम घुम्ती बीमा सेवा उपल्ब्ध गराँउदा बीमकले समितिबाट स्वीकृत बीमालेख बिक्री गनुपर्ने उल्लेख छ ।