शीर्षकहरू

एनआईसी एशिया बैंकले नयाँ वर्षको अवसरमा ल्यायो ‘आईफोन १६’ जित्ने योजना

एनआईसी एशिया बैंकले नयाँ वर्षको अवसरमा ल्यायो ‘आईफोन १६’ जित्ने योजना

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन१६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन१६ जित्न ससक्ने बैंकले जनाएको छ । 

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन-१६ प्रदान गरिनेछ । यो योजना वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।