काठमाडौं । फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो स्थान ललितपुरको पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । समुद्री सतह देखि २,७६२ मि ,को उचाईमा रहेको यस पर्वत काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो स्थान हो ।
कुनै पनि वाधा विना चारै तर्फको ३६० डिग्रीको कोणमा सम्पूर्ण तराईको समथर फाँटदेखि उत्तरका गगन चुम्बी हिमालयहरू देखिन्छ । यहाँको अन्य आकर्षणहरूमा यहाँको वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् ।
यो स्थान विभिन्न किसिमका पुतलीहरू २५० भन्दा बढी प्रजातीका चराहरू र चितुवा र मृगहरु समेत । सेता , प्याजी र राता रंगका गुराँस र विभिन्न किसिमका सुनाखरीहरूले पर्यटकहरूको मन लोभ्याउँछ ।