शीर्षकहरू

वीरगञ्जको घटनाको सर्वदलिय छलफलपछि पाँच बुँदे सहमति

वीरगञ्जको घटनाको सर्वदलिय छलफलपछि पाँच बुँदे सहमति

वीरगन्ज । वीरगन्जमा भएको विवाद र झडपकालाई साम्य बनाउन पाँच बुँदे सर्वपक्षिय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार दिनभर चलेको सर्वपक्षीय र सर्वदलीय छलफलबाट  साँझ पाँच बुँदे सहमति भएको हो ।

 प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभा यात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरुलाई बैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिकरसाम्रपलायिक सदभाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानूनी कारबाहीको प्रकृयामा सहयोग पुरयाउने सहमतिमा उल्लेख गरिएको छ ।

शनिबारको घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने,तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपुर्तिका लागि प्रशासनले पहल गर्ने,वीरगन्जमा अब आयोजना हुने धार्मिक एंव सांस्कृतिक सम्बन्धि कुनैपनि जात्रा,पर्व , कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति पनि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ  ।

यसैगरि वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरशा र विद्यालयहरुमा सुक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

उक्त पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुदाँप्रति जिल्लामा सकृय सबै राजनीतिक दलका नेता,हिन्दु र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेको अर्यालले बताए ।

प्रजिअ अर्यालले शनिबार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फु भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने बताए । त्यसपछि सुरक्षाका अवस्था हेरेर मात्र जिल्ला सुरक्षाको समितिको बैठकले आवश्यक निर्णय गरिने प्रजिअ अर्यालको भनाइ थियो । उनले भने,‘ राति १२ बजेपछि भने कर्फु हटाएर केहि निश्चित क्षेत्रहरुमा निषेधाज्ञा जारी गर्ने सम्भावना छ ।’

अर्यालले शनिबारको घटनामा स्थितीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको जानकारी दिदैं घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएको बताए ।

शनिबार हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुहबीच झडप सुरु भएको थियो । त्यसक्रममा छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो । बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो , काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरिएको थियो ।

त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनीपनि गरिएको थियो ।वीरगन्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा उत्पन्न भएको विवादलाई साम्य पार्न आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे महत्वपूर्ण सहमति जुटाएको छ। दिनभरको सकारात्मक छलफलपछि भएको यो सहमतिले वीरगन्जमा देखिएको तनावलाई शान्तिमा परिणत गर्ने बलियो आधार खडा गरेको छ।

बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी भई दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन्।

बैठकले गरेका मुख्य ५ निर्णयः

१.दोषीमाथि कारबाहीः हनुमान जयन्तीका दिन (चैत ३० गते) शोभायात्रामा भएको अप्रिय घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही गरिने।

२.सद्भाव र सहिष्णुता कायमः सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन्। साथै, अनुसन्धान तथा कानुनी प्रक्रियामा पूर्ण सहयोग पुर्‍याइनेछ।

३. घाइतेको उपचार र क्षतिपूर्तिः घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिनेछ। साथै, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्नेछ।

४. हतियार प्रदर्शन निषेधः धार्मिक, सांस्कृतिक र जातीय कार्यक्रममा हतियार प्रदर्शन पूर्णतः निषेध गरिएको छ। यस्ता कार्य भएमा दोषीलाई कानुनी दायरामा ल्याइनेछ।

५. धार्मिक संस्थाको अनुगमनः पर्सा जिल्लामा क्रियाशील सबै धार्मिक संस्था तथा तिनीहरूले सञ्चालन गरेका विद्यालय, मदरसा आदिको सूक्ष्म अनुगमन गरिनेछ। अनियमितता भेटिएमा आवश्यक कारबाही गरिनेछ।

null