काठमाडौं । २०८२ वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । सञ्चालनमा रहेका १६ वटा वाणिज्य बैंकले ब्याजदर स्थिर राख्दा ३ वटा बैंकहरुले घटाएका छन् । एउटा बैंकले भने ब्याजदर बढाएको छ ।
वैशाखका लागि एभरेष्ट बैंकले ब्याजदर बढाएको छ । २०८१ चैतमा एभरेष्ट बैंकले निक्षेपका लागि ६ प्रतिशत ब्याजदर तोकेको थियो । वैशाखका लागि ०.६१ बिन्दु प्रतिशतले बढाएको छ । वैशाखका लागि एभरेष्टले ६.६१ प्रतिशत ब्याजदर तोकेको छ ।
यसैगरी, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । कुमारीले ०.०९ बिन्दु प्रतिशतले ब्याजदर घटाउँदा सानिमा र नेपालले क्रमशः ०.०१ र ०.३५ बिन्दु प्रतिशतले ब्याजदर घटाएका छन् । समग्रमा औषत ब्याजदर ५.९८ प्रतिशत रहेको छ ।
कुन बैंकको ब्याजदर कति ?