शीर्षकहरू

सलिकोले १५ प्रतिशत लाभांश दिने

सलिकोले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले लाभांश घोषणा गरेको छ। चैत्र २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले ३९ करोड ३३ लाख ९५ हजार ७ सय ३० रुपैयाँ लाभांश बापत वितरण गर्ने छ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरे पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण गर्ने जनाएको छ।