काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा महालक्ष्मी विकास बैंकले ग्राहकहरूका लागि आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर खरिद, निर्माण, पुनर्निर्माण वा अपार्टमेन्ट खरिदका लागि ७।९९ प्रतिशत मात्र ब्याजदरमा ‘महालक्ष्मी घर कर्जा’ योजना ल्याएको हो ।
बैंकले यस कर्जालाई वातावरणमैत्री घर निर्माणलाई प्राथमिकता दिँदै, नवीकरणीय तथा दिगो स्रोतहरूको प्रयोग हुने घरहरूमा कर्जा प्रवाह गर्ने जनाएको छ । यसले वातावरण संरक्षण, दिगो विकासको प्रवर्द्धन र नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशिका पालना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन बिजनेस कनेक्ट बाट ‘ग्राहक केन्द्रित बैंक’ को अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरिसकेको बैंकले आफ्नो मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ लाई परिष्कृत गर्दै थप स्मार्ट सेवा प्रदान गरिरहेको छ ।