काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ९ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा ९ वटा बैंकको नाफा घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ११ वटा बैंकको नाफा भने बढेको छ । समग्रहमा वाणिज्य बैंकको खुद नाफा २.८१ प्रतिशतले वृद्धि भएको छ । नाफा वृद्धिमा नेपाल बैंक अग्रस्थानमा छ । नेपाल बैंकले १३२ प्रतिशतले नाफा वृद्धि गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।
यसैगरी, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकको नाफा क्रमशः ४१.११ प्रतिशत, ३९.६५, ३७.७६, ३१.१९ र २३.१९ प्रतिशतले वृद्धि भएको छ ।
सबैभन्दा धेरै नाफा एनआईसी एशिया बैंकको घटेको छ ।
कुन बैंकको नाफा घाटा कति ?