शीर्षकहरू

निक्षेपको भारित औसत ब्याजदर २.२० प्रतिशत बिन्दुले घट्यो

निक्षेपको भारित औसत ब्याजदर २.२० प्रतिशत बिन्दुले घट्यो

काठमाडौं । २०८१ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर घटेको छ । २०८० को फागुनको तुलनामा फागुनमा २.२० प्रतिशत बिन्दुले ब्याजदर घटेको छ ।

२०८१ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.५४ प्रतिशतमा झरेको छ । २०८० फागुनमा ६.७४ प्रतिशत थियो । 

२०८१ फागुनमा विकास बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.३२ प्रतिशत र वित्त कम्पनीहरुको ६.३६ प्रतिशत रहेको छ । २०८० फागुनमा विकास बैंकहरुको ७.९३ प्रतिशत र वित्त कम्पनीहरुको ९.१३ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी, २०८१ फागुनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.४० प्रतिशत, विकास बैंकहरुको ९.७८ प्रतिशत र वित्त कम्पनीहरुको १०.५३ प्रतिशत रहेको छ । २०८० फागुनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत, विकास बैंकहरुको १२.५२ प्रतिशत र वित्त कम्पनीहरुको १३.६१ प्रतिशत रहेको थियो ।

२०८१ फागुनमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.३४ प्रतिशत, विकास बैंकहरुको ८.४२ प्रतिशत र वित्त कम्पनीहरुको ९.३२ प्रतिशत रहेको छ । २०८० फागुनमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.७७ प्रतिशत, विकास बैंकहरुको १०.७१ प्रतिशत र वित्त कम्पनीहरुको १२.३३ प्रतिशत रहेको थियो । 

२०८० फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०२ प्रतिशत रहेकोमा २०८१ फागुनमा २.९३ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० फागुनमा २.९२ प्रतिशत रहेकोमा २०८१ फागुनमा ३.०० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।