काठमाडौं । नेपालमा विद्युतिय सवारी(ईभी) को उपभोग तिब्ररुपमा वृद्धि भइरहेको छ । ईभीमा पनि नेपालमा विशेषगरी एसयूभिको मात्रा उल्लेखनिय रहेको छ । संगै नेपालमा ईभीका धेरै ब्राण्डहरु पनि भित्रिएको अवस्था रहेको छ । यसैबीच उपभोगक्तालाई कुन गाडी किन्ने भनेर धेरै अप्सनहरु पनि उपलब्ध भएको छ ।
यसका लागि नेपालमा भित्रिएका ६० लाख देखि ७५ लाख रुपैयाँसम्म पर्ने ५ ब्रण्डका एसयूभी ईभी तुलना गरेर हेर्न सकिन्छ । दिपल एस ७, आयोन भी, बीवाईडी अट्टो ३, अमोडा ई५ र जेको जे६ विभिन्न फिचरहरुका आधारमा तुलना गरेर हेरौँ ।
दिपल एस०७
दिपल एस०७ स्टाइल्स र आधुनिक इलेक्ट्रिक क्रसओभर एसयूभी हो । यस गाडीको लम्बाई ४ हजार ७५० मिमि, चौडाई १ हजार ९३० मिमि र उचाई १ हजा ६२५ मिमि छ । व्हीलबेस २ हजार ९०० मिमि रहेको छ, जसले भित्री भागलाई फराकिलो र आरामदायक बनाउँछ।
१५.६ इन्चको स्वाइवल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश छ, जसलाई ड्राइभर वा यात्रुकोतर्फ झुकाउन सकिन्छ। साथै, प्यानोरामिक सनरुफले केबिन अनुभवलाई अझ विशेष बनाउँछ।
उक्त गाडीमा ९९ किलोवाट पावरको मोटर रहेको छ, जसले ३२० एनएम टर्क उत्पन्न गर्दछ । ६६.८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । जसले ४१० किलोमिटर रेन्ज दिन्छ ।
यस गाडी डीसी चार्जरले चार्ज गर्दा ३५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । सूरक्षाको दृष्टिकोणबाट हेर्दा दिपाल एस०७ मा ६ वटा एअर ब्याग, हीटेड र भेन्टिलेटेड सिटहरु छ । सो गाडीको ग्राउन्स क्लियरेन्स १७५ मिमि रहेको छ ।
दिपल एस०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
आयोन भी
यस गाडीको लम्बाई ४ हजार ६०५ मिमि, चौडाई १ हजार ८५४ मिमि र उचाई १ हजार ६६० मिमि रहेको छ । १९ इन्चका मल्टि-स्पोक एल्युमिनियम ह्वीलहरू रहेको यस गाडीको ग्राउन्ड क्लियरेन्स १८५ मिमि रहेको छ ।
यसमा अगाडिका सिटहरूमा हीटिङ र भेन्टिलेसन सुविधा भएका लेदर(जस्तो सीटहरू प्रयोग गरिएको छ, जसले जाडो वा गर्मी दुबै मौसममा सहजता दिन्छ। प्रिमियम भेरियन्टमा स्मार्ट फ्रिज र फुड वार्मर समेत राखिएको छ, जुन लामो यात्राको लागि एकदमै उपयोगी हुन्छ । यस्तै, प्यानोरामिक ग्लास रूफले केबिनमा खुल्ला र स्वच्छ वातावरणको अनुभूति दिलाउँछ, भने १० स्पिकर साउन्ड सिस्टमले उच्च गुणस्तरीय अडियो अनुभव प्रदान गर्छ ।
७.९ सेकेन्डमा नै ० देखि १०० किमि प्रति घन्टा गुडने क्षमता भएको यस गाडीमा ७ वटा एअरब्याग र १५ ओटा एडभान्स ड्राइभर असिस्टेन्स फिचरहरू समावेश छन् । यस गाडीको मूल्य नेपाली बजारमा ६४.९९ लाखदेखि ६९.९९ लाखको बीचमा तोकिएको छ ।
बीवाईडी अट्टो ३
यस गाडीको लम्बाई ४ हजार ४५५ मिमि, चौडाई १ हजार ८७५ मिमि र उचाई १ हजा ६१५ मिमि रहेको छ । यसको व्हीलबेस २ हजार ७२० मिमि रहेको छ ।
गाडीको भित्री भागमा १२.८ इन्चको रोटेटिङ टचस्क्रिन, वायरलेस चार्जिङ, र प्रीमियम अडियो सिस्टम जस्ता सुविधाहरू समावेश छन् ।
यसमा १०० किलोवाट इलेक्ट्रिक मोटर छ, जसले ३१० एनएम टर्क उत्पादन गर्छ। ६०.४८ किलोवाट आवरको ब्याट्री रहेको छ जसले ४२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ । यस गाडीको १७५ मिमिको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
सुरक्षाको हिसाबले, अट्टो ३ मा ७ वटा एअरब्याग छन् ।
ओमोडा
ओमोडाको लम्बाइ ४४०० मिमि, चौडाइ १८३० मिमि, र उचाइ १५८८ मिमि रहेको छ । यसमा ६१ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले ४३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । ९९ किलोवाट क्षमताको मोटर भएको यस गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिमि रहेको छ ।
गाडीको भित्री भागमा एर्गोनोमिक सिटिङ, एम्बियेन्ट लाइटिङ, र कटिङ(एज प्रविधि छन्, जसले उत्कृष्ट ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ।
यस गाडीको मूल्य नेपाली बजारमा ६२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
जैको ६
यस गाडीमा अफ-रोड ट्रेन्डी डिजाइन रहेको छ । सो गाडीमा १३५ किलोवाट क्षमताको मोटर रहेको छ भने ६५.६९ किलोवाट आवरको ब्याट्री रहेको छ । ४२६ किलोमिटरको रेन्ज भएको यस गाडीको ग्राउन्ड क्लियरेन्स २०० मिमि रहेको छ ।
६ एअरब्याग रहेको गाडीको लम्बाई ४ हजार ४०६ मिमि, चौडाई १ हजार ९१० मिमि र १ हजार ७१५ मिमि उचाइ छ ।
यस गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ देखि सुरु हुन्छ।