शीर्षकहरू

युनाइटेडको बोलपत्र सोमवार खोलिदैं

युनाइटेडको बोलपत्र सोमवार खोलिदैं

काठमाडौं । युनाइटेड इन्स्यारेन्स कम्पनी (नेपाल) लिमिटेडको अवतिरित हकप्रद शेयरको लागि परेको बोलपत्र सोमवार (आज) खोलिने भएको छ ।

कम्पनीको हकप्रद शेयर जारी गर्दा आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख ५७ हजार ६४९ दशमलव ६० कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार २५४३ कित्ता गरी कुल ४ लाख ९९ हजार १९२ दशमलव ६० कित्ता शेयरका लागि कम्पनीले बोलकबोल प्रकृयाद्वारा आवेदन माग गरेको थियो ।

बोलपत्र दिउँसो २ बजे एनएमबि क्यापिटल नागपोखरीमा खोलिने कम्पनीले जानकारी दिएको छ ।