काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना छ । महाप्रसाद अधिकारी विदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ। २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी ५ वर्षे कार्यकाल सकेर यही चैत २२ गते औपचारिक रुपमा विदा भएका छन् ।
यसअघिको मन्त्रिपरिषद् बैठकबाटै गभर्नरको टुङो लाग्ने चर्चा चलेको थियो । तर सरकारले गठन गरेको गभर्नर सिफारिस समितिको आजसम्म एउटा पनि बैठक बस्न सकेको छैन् । सरकारले गत चैत १८ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको गभर्नर सिफारिस समिति गठन गरेको छ ।
बजारमा अब नयाँ गभर्नर को बन्ला भन्ने व्यापक चर्चा चलिरहदा राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सरकारले भने औपचारिक तयारी नै गरेको छैन । गभर्नर नियुक्तका लागि सिफारिस समितिको वैठक नै नबसेका कारण आजको मन्त्रिपरिषद बैंठकबाट गभर्नर नियुक्ती सम्भावना न्यून रहेको छ । तर, सरकारको दबाबमा हतार हतार समितिका बैठक राखेर गभर्नरको नियुक्ती भएमा अन्यथा नमाने हुने जानकारहरु बताउँछन् ।
गभर्नर नियुक्त सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईका अनुसार गभर्नर नियुक्तका लागि समितिको आजसम्म एउटा पनि बैंठक बस्न सकेको छैन् । उनले भने, ‘गभर्नर नियुक्त सिफारिस समितिका संयोजक अर्थमन्त्रीले बैठक नै नबोलाउनु भएका कारण गभर्नरका लागि उम्मेदवारको नाम नै सिफारिस गर्न सकिएको छ्रैन ।’
नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संसोधन) ले सरकारले कुनै पनि गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पद कार्यकाल अवधि पूरा नहुँदै रिक्त हुन आएमा ऐनबमोजिमको प्रकृया पूरा गरी सो पदमा बाँकी अवधिको लागि उपयुक्त व्यक्तिलाई नियुक्त गर्नु पर्ने उल्लेख छ ।