काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ रद्द गरी हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चैत २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ रद्द गरी कम्पनीले अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गराएको छ ।
बुटवल पावरको हाल ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीको ४० प्रतिशतले हुने १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुने कम्पनीले जानकारी गराएको छ ।