शीर्षकहरू

नेपालमा दिपलको एक वर्ष : ८०० बढी गाडी सडकमा, ९६ बढी चार्जिङ स्टेसन

नेपालमा दिपलको एक वर्ष : ८०० बढी गाडी सडकमा, ९६ बढी चार्जिङ स्टेसन

काठमाडौं । दिपल ब्राण्डको गाडी नेपालमा भित्रिएको एक वर्ष पुरा भएको छ । नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलको आठ सयभन्दा बढी गाडी बिक्री भएको छ । एमएडब्लु वृद्धि अटोकर्पले दिपल गाडी नेपालमा आयात र बिक्री गर्दै आएको छ । 

पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल सार्वजनिक गरेको छ । यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ । 

एमएडब्लु वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिंग स्टेसन संचालन गर्दै आएको छ । यसअवधिमा दिपलले नेपालका क्रिकेट आइकन तथा पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बास्डर’का बनाएको छ भने नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिंग राई जस्ता देशका ३० भन्दा चर्चित सेलिब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएको छ ।

साथै, दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम जस्ता हस्तीहरुलाई पनि नेपालमा ल्याएर ब्रान्डको उपस्थितिलाई माथि पुर्याउनुका साथै नेपाल पनि अन्तर्राष्ट्रिय सहकार्यका लागि गन्तव्य हुनसक्छ भन्ने देखाएको छ । 
सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो ।