शीर्षकहरू

नेपाल माइक्रो इन्स्योरेन्सको ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल माइक्रो इन्स्योरेन्सको ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । बिहीबार नेप्सेमा कम्पनीको ७५ लाख कित्ता आईपीओ शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसँगै आगामी सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने जनाइएको छ। कम्पनीको शेयर NMIC सिम्बाेलबाट कारोबार हुने छ। उक्त शेयर पहिलो कारोबारको लागि नेप्सेले १००.८० रुपैयाँ देखि ३०२.४० रुपैयाँको सुरुवाती रेन्ज तोकेको छ। 

आईपीओ वापतको २२ लाख ५० हजार र संस्थापक शेयरधनीहरुको ५२ लाख ५० हजार गरी कुल ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो । 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो । जसको चितवन जिल्ला भरतपुर महानगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको छ ।