काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख २ हजार ५७४ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले उक्त शेयर बिद्यमान संस्थापकका लागि आज बिहिबारदेखि बिक्री खुला गरेको हो ।
बैंकको विभिन्न शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्री खुला गरिएको हो । उक्त शेयर खरिद गर्न इच्छ्ुक संस्थापक शेयरधनीले ३५ दिन भित्र आफुले खरिद गर्न चाहेको कित्ता खुलाएर बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आवेदन दिनुपर्ने छ ।
यदि उक्त अवधिसम्म आवेदन नपरेमा बैंकले आम सर्वसाधारण, संस्था, कम्पनीलाई सो शेयर बिक्री गर्ने पनि स्पष्ट पारेको छ ।