काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज पनि हेर्दाहेर्दैमा गएको छ। बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार कुलमान पक्षको सुनुवाइ सकेर हेर्दाहेर्दैमा परेकोमा बुधबार पनि हेर्दा हेर्दैमा राखिएको छ । बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा बिहीबार पनि जारी रहने छ ।
पटक पटक पेशी सर्दै आएको कुलमान र हितेन्द्रदेवको रिटलाई मंगलबारदेखि भने विशेष प्राथमिकताका साथ सुनुवाई गरिएको छ ।