काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।
बुधबार भएको सम्झौतामा कोषका नि।कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन ।
सभापोखरी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँबराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त शेयरको प्रत्याभूति गर्ने भएको छ ।