शीर्षकहरू

रेकर्ड मूल्यबाट ओरालो लाग्यो सुनको भाउ

रेकर्ड मूल्यबाट ओरालो लाग्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ रेकर्ड मूल्यबाट ओरालो लागेको छ । यस दिन ६ सय रूपैयाँले घटेर सुनको भाउ रेकर्ड विन्दुबाट ओरालो लागेको हो ।

आज छापावाल सुन तोलाको एक लाख ७९ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार तोलाको एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज  चाँदीको मूल्य तोलामा १५ रूपैयाँले घटेको छ । यस दिन चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।