हिमाल लम्साल/रासस
वीरगञ्ज (पर्सा) । तीन दशकअघिसम्म रामनिवास शर्मालाई वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि चोक–चोकमा भौँतारिनुपर्दथ्यो। तर, भारतको राजस्थान स्थायी घर भएका शर्माको चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ थिएन। तर उहाँ कहिल्यै विचलित हुनुहुन्न।
वीरगञ्जवासीलाई चिया पिलाउने अभिलाषासहित उहाँले निरन्तर डटेर आफ्नो यात्रा जारी राख्नुभयो। जसको परिणामस्वरूप अहिले उहाँ वीरगञ्जको सबैभन्दा चर्चित चिया स्टाल, ‘बब्लु टी स्टाल’ का सञ्चालकका रूपमा परिचित हुनुहुन्छ।
सुरुआतमा चिया बेच्न उहाँलाई सजिलो थिएन। “३० वर्षअघि शनिबारहरुमा वीरगञ्जका अधिकांश बजार ठप्प जस्तै हुन्थे। म आफैले चिया बनाएर वीरगञ्जका टोलटोलमा ग्राहकलाई लोभ्याउन जान्थें,” शर्माले विगत सम्झँदै भन्नुभयो। “त्यतिबेला मैले बिहान ४ बजेदेखि चिया पसल खोलेर निरन्तर ग्राहकलाई चिया पिलाउने काम गर्थें। यसै कारणले पनि अहिले हाम्रो चिया भन्ने बित्तिकै मानिसहरु आकर्षित हुन्छन्।”
शर्माले आफ्नो कान्छो छोरा बब्लुका नामबाट ३० वर्षअघि वीरगञ्जको घडीअर्वा पोखरीभन्दा डेढ सय मिटर दक्षिणतर्फ ‘बब्लु टी स्टाल’ सञ्चालन गर्न थाल्नुभएको हो। अहिले उहाँले दैनिक ८० देखि १०० लिटर दूधको चिया बेच्नुहुन्छ र चियाको औसत बिक्री ८०० देखि १००० कप बीचमा हुन्छ। "सुरुमा त डेढ रुपैयाँमा पनि चिया बेचियो," उहाँले भन्नुभयो, "तर समयसँगै चियाको मूल्य बढेको छ।"
शर्माले नेपाललाई आफ्नो कर्मभूमि मान्नुहुन्छ। "भारतको राजस्थान मेरो जन्मभूमि भए पनि नेपाल मेरो कर्मभूमि हो," उहाँले भन्नुभयो। "५५ वर्षअघि कामको सिलसिलामा भारतको राजस्थानबाट वीरगञ्ज आएको हुँ।
तीन दशकअघिसम्म रामनिवास शर्मालाई वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि चोक–चोकमा भौँतारिनुपर्दथ्यो। तर, भारतको राजस्थान स्थायी घर भएका शर्माको चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ थिएन। तर उहाँ कहिल्यै विचलित हुनुहुन्न।
वीरगञ्जवासीलाई चिया पिलाउने अभिलाषासहित उहाँले निरन्तर डटेर आफ्नो यात्रा जारी राख्नुभयो। जसको परिणामस्वरूप अहिले उहाँ वीरगञ्जको सबैभन्दा चर्चित चिया स्टाल, ‘बब्लु टी स्टाल’ का सञ्चालकका रूपमा परिचित हुनुहुन्छ।
सुरुआतमा चिया बेच्न उहाँलाई सजिलो थिएन। “३० वर्षअघि शनिबारहरुमा वीरगञ्जका अधिकांश बजार ठप्प जस्तै हुन्थे। म आफैले चिया बनाएर वीरगञ्जका टोलटोलमा ग्राहकलाई लोभ्याउन जान्थें,” शर्माले विगत सम्झँदै भन्नुभयो। “त्यतिबेला मैले बिहान ४ बजेदेखि चिया पसल खोलेर निरन्तर ग्राहकलाई चिया पिलाउने काम गर्थें। यसै कारणले पनि अहिले हाम्रो चिया भन्ने बित्तिकै मानिसहरु आकर्षित हुन्छन्।”
शर्माले आफ्नो कान्छो छोरा बब्लुका नामबाट ३० वर्षअघि वीरगञ्जको घडीअर्वा पोखरीभन्दा डेढ सय मिटर दक्षिणतर्फ ‘बब्लु टी स्टाल’ सञ्चालन गर्न थाल्नुभएको हो। अहिले उहाँले दैनिक ८० देखि १०० लिटर दूधको चिया बेच्नुहुन्छ र चियाको औसत बिक्री ८०० देखि १००० कप बीचमा हुन्छ। "सुरुमा त डेढ रुपैयाँमा पनि चिया बेचियो," उहाँले भन्नुभयो, "तर समयसँगै चियाको मूल्य बढेको छ।"
शर्माले नेपाललाई आफ्नो कर्मभूमि मान्नुहुन्छ। "भारतको राजस्थान मेरो जन्मभूमि भए पनि नेपाल मेरो कर्मभूमि हो," उहाँले भन्नुभयो। "५५ वर्षअघि कामको सिलसिलामा भारतको राजस्थानबाट वीरगञ्ज आएको हुँ। सुरुआतमा वीरगञ्जको महावीर गल्लीमा विभिन्न पसलमा काम गरेँ, र त्यसपछि चिया पसल खोलेँ।"
शर्माले आफ्नो चियाको गुणस्तर र स्वादको कारण मूल्य महँगो रहेको स्वीकार गर्नुहुन्छ। वीरगञ्जका अन्य चिया पसलहरूमा सामान्यतया एक कप चियाको मूल्य रु २० हुने गर्छ, जबकि उहाँको स्टालमा एक कप मट्का चिया ३५ रुपैयाँको हुन्छ। "हाम्रो चिया महँगो छ तर यसको स्वाद र गुणस्तरले गर्दा ग्राहकलाई महँगो भनिरहेको छैन," उहाँले भन्नुभयो। "हामी कृषकको घरबाट शुद्ध भैंसीको दूध ल्याउँछौं र चिया पकाउँछौं।"
शर्माले देहातबाट औसतमा रु १०० देखि ११० प्रतिलिटरमा भैंसीको दूध किन्ने गरेको बताउनुभयो। साथै, चियापत्ती पनि भारतको आसाम राज्यबाट ल्याउँछन्। "हामी एकैपटक चियापत्ती प्रयोग गर्छौं। दोस्रो पटक प्रयोग गर्न हुँदैन," उहाँले भन्नुभयो।
शर्मा ७९ वर्षको उमेर पार गरिसकेका छन्, तर उनका जोशमा कुनै कमी आएको छैन। अहिले पनि बिहान ४ बजे उठेर चिया पसल खोल्नुहुन्छ र बिहान साढे ६ बजेसम्म आफ्नै हातले चिया पकाएर ग्राहकलाई पिलाउनुहुन्छ।
"बुबाले सुरू गरेको चियापसल हामीले निरन्तरता दिइरहेका छौँ," कान्छा छोरा बब्लुले भन्नुभयो। "हामी औसतमा ३० हजार रुपैयाँभन्दा बढीको चियाको बिक्री गर्छौं।"
‘बब्लु टी स्टाल’ मा बेलुका सम्म ग्राहकको भीड हुन्छ। यहाँका प्रमुख ग्राहकहरुमा पर्साका स्थानीय उद्योगी–व्यवसायी, प्रहरी प्रमुख, प्रशासक, भन्सार अधिकारीहरू र सर्वसाधारण रहेका छन्। साथै, चियापारखी पनि यहाँ चिया पिउनका लागि आउने गर्छन्।
गत चैत ८ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका माओवादी केन्द्रका नेताहरू शर्माको चियापसलमा आएर चिया पिउँदा निकै खुशी भएका थिए। "नेपालका पूर्वप्रधानमन्त्री नै आएर चिया पिउँदा गर्वको अनुभव गरिरहेको छु," शर्माले भन्नुभयो।
शर्माले चिया बेचेर आफ्नो परिवारलाई आरामदायी जीवन यापन गरिरहेको अनुभव सुनाउनुभयो। सुरुवातमा वीरगञ्जको महावीर गल्लीमा विभिन्न पसलमा काम गरेँ, र त्यसपछि चिया पसल खोलेँ।"
शर्माले आफ्नो चियाको गुणस्तर र स्वादको कारण मूल्य महँगो रहेको स्वीकार गर्नुहुन्छ। वीरगञ्जका अन्य चिया पसलहरूमा सामान्यतया एक कप चियाको मूल्य रु २० हुने गर्छ, जबकि उहाँको स्टालमा एक कप मट्का चिया ३५ रुपैयाँको हुन्छ। "हाम्रो चिया महँगो छ तर यसको स्वाद र गुणस्तरले गर्दा ग्राहकलाई महँगो भनिरहेको छैन," उहाँले भन्नुभयो। "हामी कृषकको घरबाट शुद्ध भैंसीको दूध ल्याउँछौं र चिया पकाउँछौं।"
शर्माले देहातबाट औसतमा रु १०० देखि ११० प्रतिलिटरमा भैंसीको दूध किन्ने गरेको बताउनुभयो। साथै, चियापत्ती पनि भारतको आसाम राज्यबाट ल्याउँछन्। "हामी एकैपटक चियापत्ती प्रयोग गर्छौं। दोस्रो पटक प्रयोग गर्न हुँदैन," उहाँले भन्नुभयो।
शर्मा ७९ वर्षको उमेर पार गरिसकेका छन्, तर उनका जोशमा कुनै कमी आएको छैन। अहिले पनि बिहान ४ बजे उठेर चिया पसल खोल्नुहुन्छ र बिहान साढे ६ बजेसम्म आफ्नै हातले चिया पकाएर ग्राहकलाई पिलाउनुहुन्छ।
"बुबाले सुरू गरेको चियापसल हामीले निरन्तरता दिइरहेका छौँ," कान्छा छोरा बब्लुले भन्नुभयो। "हामी औसतमा ३० हजार रुपैयाँभन्दा बढीको चियाको बिक्री गर्छौं।"
‘बब्लु टी स्टाल’ मा बेलुका सम्म ग्राहकको भीड हुन्छ। यहाँका प्रमुख ग्राहकहरुमा पर्साका स्थानीय उद्योगी–व्यवसायी, प्रहरी प्रमुख, प्रशासक, भन्सार अधिकारीहरू र सर्वसाधारण रहेका छन्। साथै, चियापारखी पनि यहाँ चिया पिउनका लागि आउने गर्छन्।
गत चैत ८ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका माओवादी केन्द्रका नेताहरू शर्माको चियापसलमा आएर चिया पिउँदा निकै खुशी भएका थिए। "नेपालका पूर्वप्रधानमन्त्री नै आएर चिया पिउँदा गर्वको अनुभव गरिरहेको छु," शर्माले भन्नुभयो।
शर्माले चिया बेचेर आफ्नो परिवारलाई आरामदायी जीवन यापन गरिरहेको अनुभव सुनाउनुभयो।