शीर्षकहरू

नेपाल सुपर लिगस् बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरीमा

नेपाल सुपर लिगस् बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरीमा

काठमाडौं । एनसेल सुपर लिगमा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।  

बुटवल लुम्बिनी एफसीका गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै नेपाल सुपर लिग (एनसेल) सुरुआत गरेको छ ।

झापाले पहिलो हाफमा बुटवल लुम्बिनीलाई निक्कै दबाबमा राखेको थियो । दोस्रो हाफमा बुटवल लुम्बिनी १० खेलाडीमा समेटिएको थियो । कप्तान एरिक विष्टले दोहोरो पहेंलो कार्ड बेहोरे। यद्यपि, दीपले लगातार उत्कृष्ट सेभ गर्दै अंक गुमाउन दिएनन् ।