शीर्षकहरू

शंकास्पद कारोबार तथा गतिविधि करिब २४ प्रतिशतले बढ्यो

शंकास्पद कारोबार तथा गतिविधि करिब २४ प्रतिशतले बढ्यो

काठमाडौं ।  शकांस्पद कारोबार तथा गतिविधि करिब २४ प्रतिशतले वृद्धि भएको छ  । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार आ.व. २०७९/८० मा ५ हजार ९३५ शंकास्पद कारोबार तथा गतिविधि रहेकोमा आ.व. २०८०/८१ मा सो संख्या करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३३८ पुगेको छ ।

राष्ट्र बैंकका अनुुसार अधिकांश शंकास्पद कारोबार/गतिविधि प्रतिवेदनहरू कर छली सम्बन्धी, मौद्रिक/बैंकिङ्ग/विदेशी विनिमेय/बीमा/सहकारी सम्बन्धी, ठगी सम्बन्धी, चिठ्ठा/ जुवा/सट्टेबाजी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको रहेका छन् । 

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिब) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङ्गका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संख्या १ हजार ६३९ पुगेको जनाएको छ ।

सूचक संस्थाहरूले इकाईमा पेस गरेको सीमा कारोबारको संख्या आ.व. २०७९/८० मा १६ लाख ९८ हजार ३९८ रहेकोमा आ.व. २०८०/८१ मा सो सब्ख्या १६ लाख ९७ हजार ७१२ रहेको छ । प्राप्त शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भएको छ  ।

प्रतिवेदन अनुसार आ.व. २०८०/८१ मा जम्मा विश्लेषण भएको संख्या १ हजार ६३२ पुगेकोमा सो मध्ये ८८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको छ । सो मध्ये ७४६ वटा प्रतिवेदन इकाईलेभविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।

सन् २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्यांकन सम्पन्न भई एक वर्षको अवलोकन अवधिमा नेपालले गरेका विविध सुधारका कार्यहरू र हाल नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले थप अनुगमनको सूचीमा राखेपछि नेपालले सोबाट बाहिरिन तथा समयबद्ध कार्ययोजनाको कार्यान्वयनका सन्दर्भमा गरिरहेका प्रयासबारे समेत प्रकाश पारिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा इकाईले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी कार्यहरू प्रतिवेदनमा प्रस्तुत गरिएको छ । त्यस्तै इकाईका कर्मचारी, सम्बद्ध निकाय तथा सूचक संस्थाहरूको क्षमता अभिवृद्धि तथा सूसूचित गर्ने सम्बन्धी विविध गतिविधिहरू प्रस्तुत गरिएको छ ।

साथै, सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा नेपालमा प्रयोग भइरहेका सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति जस्तैः हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात तथा निर्यातको माध्यमबाट हुने सम्पत्ति शुद्धीकरणलगायतका विषयहरू प्रस्तुत गरिएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाईले आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रकाशन गरी सार्वजनिक गरेको हो । प्रतिवेदनमा इकाईको वार्षिक काम कारबाही तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विवरण तथा जानकारी दिइएको छ । 
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...