काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको इद उल फितरको अवसरमा सरकारले बिदा दिने निर्णय हो गृह मन्त्रालयका अनुसार इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाड परेकाले भोलि सार्वजनिक विदा दिने भएको हो ।
रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य सुख–सुविधाबाट टाढा रहनु पर्छ भन्ने मान्यता रहेको छ ।