काठमाडौं । पछिल्लो दिन कारोबार दिन नेप्सेमा आकर्षक बढोत्तरी आएको छ । गत बुधबार र विहीबार क्रमश ३९.१३ र ४१.४३ अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबार २९.८२ अंकले बढेर २६९३.१२ अंकमा उक्लिएको छ । पछिल्लो ३ कारोबार दिनमा नेप्से सूचक १११ अंकले उकालो लागेको छ ।
आइतबारको बजारमा २२२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कमम्पनीको शेयर मूल्य घटेको छ । आज ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड माथिको शेयर कारोबार भयो ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ६९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४७ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ। त्यस्ते, यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने कुमारी सबल योजनाको इकाईमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ।