शीर्षकहरू

निषेधित क्षेत्र तोड्न खोजेपछि राजावादी जुलुसमा अश्रुग्याँस प्रहार

निषेधित क्षेत्र तोड्न खोजेपछि राजावादी जुलुसमा अश्रुग्याँस प्रहार

काठमाडौं । तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । त्यहाँ सामाान्य झडप पनि भएको छ ।

राजावादी समूह प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो । प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा रोक लगाएको छ ।  

राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन् । सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरुको समर्थन छ ।