शीर्षकहरू

९६ प्रतिशतले बढ्यो सिटिजनमा सरेण्डर, नेपाल र हिमालयनले घटाए, अन्यको अवस्था कस्तो ?

९६ प्रतिशतले बढ्यो सिटिजनमा सरेण्डर, नेपाल र हिमालयनले घटाए, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा बीमा त्याग (सरेण्डर) गर्नेको संख्या बढेको छ । फागुन मसान्तसम्म सरेण्डर रकम १५.२३ प्रतिशतले बढ्दा सरेण्डर गर्ने बीमितको संख्या २.५० प्रतिशतले वृद्धि भएको छ । 

गत आवको फागुन मसान्तसम्म ६९ हजार ८१२ जना बीमितले बीमा सरेण्डर गर्दा बीमा कम्पनीहरुबाट ८ अर्ब ५७ करोड १२ लाख रुपैयाँ बाहिरिएको थियो । चालु आवको सोही अवधिमा ७१ हजार ५५४ जना बीमितले बीमा सरेण्डर गर्दा ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बाहिरिएको छ । 

यसरी बीमा सरेण्डर वृद्धि हुने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स अगाडि छ । रकमका आधारमा सिटिजन लाइफमा बीमा सरेण्डर ९६ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल (एलआईसी)मा ७५ प्रतिशतले वृद्धि भएको देखिएको छ । बीमितको संख्याका आधारमा प्रभु महालक्ष्मी लाइफबाट बीमा सरेण्डर गर्नेहरु ४३.८६ प्रतिशतले वृद्धि भएका छन्।

नेपाल लाइफ र हिमालयन लाइफमा बीमा सरेण्डर घट्दै गएको देखिन्छ । 

सम्पत्ति शुद्धिकरण गर्नका लागि बीमा गरेकाहरुले बीमा पोलिसि सरेण्डर गर्दा समग्रमा सरेण्डर बढेको हुनसक्ने जानकारहरु बताउँछन् । यसैगरी आर्थिक मन्दीका कारणले पनि बीमा सरेण्डर बढ्दै गएको बुझिन्छ । 

कुन कम्पनीबाट कति सरेण्डर ?

null