काठमाडौं । आईजीआई प्रुडेन्सियल कम्पनी लिमिटेडले ८० हजार संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले शिलबन्दी बोलपत्रद्वारा उक्त शेयर बिक्री गर्न लागेको जनाएको छ ।
कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम् मूल्य १८५ रुपैयाँ तोकेको छ ।
उक्त शेयर खरिद गर्न चाहनेले चैत १५ गते देखि २८ गतेसम्म गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने छ ।
शर्तहरु :
१. बोलपत्र आवेदन फाराम रु.१००/- भुक्तानी गरी श्री प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौवाट प्राप्त गर्न र फाराम पेश गर्दा स्पष्ट रुपमा भरेको हुनुपर्नेछ ।
२. बोलपत्र पेश गर्दा न्युनतम ८०,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ ।
३. संस्थापक शेयर खरिद गर्न चाहनेहरुको हकमा नेपाल वीमा प्राधिकरणवाट तोकिएको Fit & Proper Test बमोजिमका कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।
४. खरीदकर्ताले आफुले खरिद गर्न चाहेको शेयर वापतको ५०% रकम प्रभु क्यापिटल लिमिटेडको प्रभु बैंक लिमिटेड, कमलादी शाखामा रहेको वैक खाता नं. १११००६३१८१६००१३३ मा जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्नेछ । बाँकी रकमको सम्वन्धमा आइजीआई प्रुडेन्सियल इन्स्यूरेन्स लिमिटेडको संचालक समिति वा नियमनकारी निकायको स्वीकृति पश्चात विक्री प्रवन्धकले सूचना प्रदान गरेको मितिले तीन दिन भित्र जम्मा गर्नुपर्नेछ साथै रकम जम्मा भएपश्चात मात्र शेयर कारोवारको प्रकृया अगाडी बढाईने छ । विक्री प्रवन्धकले सूचना प्रदान गरेका समयावधि भित्र रकम जम्मा नभएमा धरौटी वापतको रकम फिर्ता हुने छैन ।
५. बोलपत्र आवेदन मिति २०८१ / १२ / १८ गते कार्यालय समयभित्र दर्ता भइसकेको हुनुपर्नेछ र शिलवन्दी खाम बाहिर आवेदनकर्ताले “आइजीआई प्रुडेन्सियल इन्स्यूरेन्स लिमिटेडको संस्थापक शेयर खरीद आवेदन" उल्लेख गरी आवेदन पेश गर्नु पर्नेछ । कुनै शर्त राखी पेश गरेको वा रित नपुगेको वा म्याद नाघि आएको बोलपत्रलाई मान्यता दिइने छैन ।
६. बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कवोल गरेको शेयर संख्या वा रकममा कुनै हरेफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन ।
७. प्राप्त शिलवन्दी वोलपत्रहरु मिति २०८१/१२/१९ गते विहान ११:०० वजे श्री प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा वोलपत्रदाता वा निजद्वारा लिखित रुपमा नियुक्त प्रतिनिधिको उपस्थितिमा खोलिने छ । वोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । उक्त दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनको विहान ११:०० वजे खोलिनेछ ।
८. प्राप्त वोलपत्रहरुको छानविन गरी रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये अधिकतम प्रति कित्ता मूल्यमा आवेदन गर्नेलाई शेयर बाँडफाँड गरिनेछ । साथै समान मूल्यमा शेयरको लागि आवेदन दिएमा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथामिकता प्रदान गरेपश्चात मात्र अन्यलाई शेयर बाँडफाँड गरिने छ । वोलकवोलमा शेयर विक्री गर्दै जाँदा एउटै मूल्यमा दुइ वा दुईभन्दा वढी वोलपत्र आवेदनहरु पर्न गई वाँडफाँड हुन वाँकी शेयरभन्दा वढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा शेयर वाँडफाँड गरिनेछ ।
९. शेयर खरिद / विक्रीको स्वीकृती आए पश्चात संस्थापक शेयर खरिद विक्रीको सम्वन्धमा प्रचलित कानून बमोजिम शेयर कारोवार/नामसारी हुनेछ । कुनै पनि अवस्थामा आवेदकले व्याज वा कुनै किसीमको लाभको माग दावी गर्न पाउने छैन । शेयर कारोबार / नामसारी गर्दा लाग्ने शुल्क / पूँजीगत लाभकर सम्बन्धित पक्ष आ-आफनै हुनेछ ।
१०. बोलपत्र आवेदनहरुमध्ये बाँडफाँडमा नपरेको शेयर वापत जम्मा भएको रकम आवेदकहरुको बैंक खातामा सोझै फिर्ता भुक्तानी गर्ने व्यवस्था गरिने छ । साथै, बाँडफाँडमा नपरेको रकम वा बाँडफाँड भई सम्वन्धित नियमन निकायवाट स्वीकृत नभई कुनै कारणवश शेयरको रकम फिर्ता भुक्तानी गर्नुपर्ने अवस्था आएमा बोलकबोलको लागि जम्मा गरिएको रकममा कुनै व्याज प्रदान गरिने छैन ।
११. शेयर विक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बाँडफाँड गर्ने तथा वोलपत्र आवेदन तथा शेयर वाँडफाँड सम्वन्धी कुनै विवाद उत्पन्न भएमा सोको अन्तिम निर्णय गर्ने अधिकार विक्री गर्ने तथा संस्थापक शेयरधनीमा निहित रहने छ ।