शीर्षकहरू

नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले राष्ट्र बैंकद्वारा 'डिजिटल फाइनान्स इनोभेसन हब' स्थापना

नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले राष्ट्र बैंकद्वारा 'डिजिटल फाइनान्स इनोभेसन हब' स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले 'डिजिटल फाइनान्स इनोभेसन हब' स्थापना गरेको छ ।

बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले यो हब स्थापना गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ । हबमार्फत डिजिटल फाइनान्सको क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवं नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुनेवित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवं चुनौतीको विश्लेषण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

साथै, हबबाट नियामकीय दृष्टिकोण, नन्-बाइन्डिङ गाइडेन्स, परामर्श एवं सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ । राष्ट्र बैंकले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरिएको जानकारी गराएको छ ।