काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बिहीबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ तथा चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार बिहीबारका लागि छापावाल सुनको भाउ तोलाको एक लाख ७४ हजार ८०० रुपैयाँ तोकिएको छ । बुधबार तोलामा २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेको छ । बुधबार एक हजार ९९० रूपैयाँमा खरिद बिक्री भएको चाँदी बिहीबार २ हजार २० रूपैयाँमा खरिद बिक्री भएको हो । आइतबार तोलामा १५ रुपैयाँले घटेर आइतबारदेखि मंगलबारसम्म एक हजार ९८० रूपैयाँमा चाँदीको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३०३३ दशमलव ४० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ३३ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार भाउको आधारमा नेपालमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।