शीर्षकहरू

यूनाइटेड अजोडका ४ संस्थापकको २ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम् मूल्य कति ?

यूनाइटेड अजोडका ४ संस्थापकको २ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम् मूल्य कति ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका ४ जना संस्थापक शेयरधनीहरुले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । संस्थापकहरुले उक्त शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेका हुन् । 

संस्थापक शेयरधनी सन्दीप खेतान र जुली चाचानको नाममा कायम रहेको ९९ हजार ४११ कित्ता र ४९ हजार ७०५ कित्ता शेयर प्रतिकित्ता न्यूनतम् मूल्य १८० रुपैयाँमा बिक्रीमा रहेको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी, संस्थापक शेयरधनी महेन्द्र कुमार गोयलको नाममा हाल कायम रहेका ८२ हजार ५९२ कित्ता शेयर प्रतिकित्ता न्यूनतम् मूल्य १६३ रुपैयाँ ९० पैसा र संस्थापक शेयरधनी ज्योती कुमारी सरावगीको नाममा कायम रहेको २४ हजार ६०२ कित्ता शेयर प्रतिकित्ता न्यूनतम् मूल्य १६३ रुपैयाँ ५० पैसाका दरले बिक्रीमा रहेको छ । 

यस अघि उक्त शेयर विद्यमान संस्थापकहरुका लागि बिक्रीमा राखिएको र संस्थापकहरुबाट कुनै आवेदन नपरेको कम्पनीले जनाएको छ । सो शेयर खरिद गर्न चाहनेले कम्पनीको केन्द्रिय कार्यालय सीटीसी मल, काठमाडौँमा १५ दिन भित्र आवेदन दिनु पर्नेछ । आवेदन दिइँदा खरिद गर्न चाहेको कित्ता र मूल्य उल्लेख गर्नुपर्ने छ ।