शीर्षकहरू

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर रिट अदालतद्वारा खारेज

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर रिट अदालतद्वारा खारेज

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अधिवक्ता कृष्णबहादुर थापा लगायतले दायर गरेको  उक्त रिट बुधबार संवैधानिक इजलासले  खारेज गरेको हो ।

नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया रोक्न माग गर्दै थापाले माघ ९ गते सर्वोच्चमा रिट दायर थिभएको गरेका थिए । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रियामा नीतिगत त्रुटि रहेको भन्दै थापा अदालत पुगेका थिए ।

रिटमा नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाइएको थियो ।