काठमाडौं । आफूलाई गैरकानुनी रुपमा बर्खास्त गरिएको भन्दै कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट गैरकानूनीरूपमा पदमुक्त गरेको भन्दै उनी आज बुधबार सर्वाेच्च अदालत पुगेका हुन् ।
आफुलाई पदमुक्त गर्ने सरकारको निर्णय बदर गरी कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।
कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।