शीर्षकहरू

स्काईवेलको डिस्ट्रिब्युटरले पोखरामा खोल्यो सोरूम

स्काईवेलको डिस्ट्रिब्युटरले पोखरामा खोल्यो सोरूम

पोखरा । स्काईवेलले पोखरामा सोरूम विस्तार गरेको छ । आज बुधबार नाडाका पूर्व अध्यक्ष ध्रुव थापाले एक समारोहकाबीच उक्त साेरूमकाे  उद्घाटन गरेका हुन ।

उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस भु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल, कार्यकारी निर्देशक पारस मणी गेलाल तथा स्काईवेलका पोखरा वितरक इको मोटर्सका संचालक अर्जुन गिरीको उपस्थिती रहेको थियो । 

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ । स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो । राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो ।नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा विक्री गरिसकेको छ ।

नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता जि मोटर्स रहेको स्काईवेलले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए । उनका अनुसार २०० मिलिमिटरको उच्च ग्राउण्ड क्लियरेन्स र ६२० किलोमिटरको रेन्ज भएकाले पोखराका पर्यटन ब्यावसायिले उक्त गाडीबाट व्यावसायिक लाभ समेत हाँसिल गर्न सक्नेछन् । 

आयोजित समारोहमा बोल्दै जि मोटर्सका कार्यकारी निर्देशक पारस मणी गेलालले स्काईवेल साधारण ईभी मात्र नभई प्रिमियम एसयुभी ब्राण्डको रूपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन भएको बताए ।

एक करोड १५ लाख रूपैया मूल्य पर्ने स्काईवेलका एसयुभीको शुरूवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रूपैया मूल्य पर्छ । यसै बर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ । 

स्काईवेलका पोखरा वितरक इको मोटर्स प्रालिका संचालक अर्जुन गिरीले स्काईवेलले पोखराका उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको बताउँदै विक्री पश्चात् ग्राहकसँग नयाँ सम्बन्धको सुरूवात हुने र विक्री पश्चातकाे सेवामा अग्रणी रहने प्रतिबद्धता जाहेर गरे ।