काठमाडाैँ । आज सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४८ हजार ७ सय ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ६ रुपैयाँ रहेकाे छ ।