शीर्षकहरू

नबिल बैंकको कामु सिईओमा मनोज ज्ञवाली नियुक्त, ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

नबिल बैंकको कामु सिईओमा मनोज ज्ञवाली नियुक्त, ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

काठमाडौं । नबिल बैंकले मनोज ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंकको चैत १३ गते बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नयाब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सिईओ नियुक्त गरेको हो । 

साथै बैंकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सिईओ पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ । गर्भनरको दौडमा सामेल हुन ढुंगानाले चैत १० गते आइतबारदेखि लागू हुनेगरी राजीनामा दिएका थिए ।