शीर्षकहरू

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक, १ खर्ब १५ अर्ब फिर्ता गर्न बाँकी

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक, १ खर्ब १५ अर्ब फिर्ता गर्न बाँकी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । आज बुधबार चैत १३ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसअघि फागुन २१ गते खिचेको ४४ अर्ब ८० करोड आजै परिपक्क भएको छ । निक्षेप संकलन उपकरण मार्फत खिचेको १ खर्ब १५ अर्ब ३५ करोड फिर्ता हुन बाँकी रहेको छ । 

केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति वैशाख ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।